अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२१ मा प्रकाशित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गर्नुभएको हो ।

प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । यस्तै सांसदहरु बस्ने कुर्सी समेत वेल्डिङ गरिएको थियो । यसअघि विभिन्न प्रदेश र प्रतिनिधि सभामा पनि सांसदहरुले कुर्सी उठाएर हानेको घटनाबाट पाठ सिक्दै वेल्डिङ गरिएको प्रदेशसभा सचिवाललयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू