अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

प्रिमियर लिग – सिटी र भिल्ला तथा युनाइटेड र फुल्हम भिड्दै

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:१८ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार म्यानचेस्टर सिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । सिटीले घरेलु मैदानमा एस्टनसँग खेल्नेछ । सिटी र एस्टनबीचको खेल राति ११ः४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा सिटी जित निकाल्दै शीर्ष स्थानको लेष्टरसँगको अंक बराबरी गर्न चाहन्छ । म्यानचेस्टर सिटीे ३५ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ भने २६ अंक जोडेको एस्टन भिल्ला ११ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत आजै म्यानचेस्टर युनाइटेडले फुल्हमसँग खेल्नेछ । युनाइटेड र फुल्हमबीचको खेल राति २ बजे सुरु हुनेछ । युनाइटेड ३७ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने फुल्हम १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू