अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिदै बाइडेन, सुरक्षा व्यवस्था अत्यन्तै कडा

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:१५ मा प्रकाशित

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदै हुनुुहन्छ । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लाग्नुभएको हो ।

ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो । शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नुहुनेछ । ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना छ ।

शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । डिसीमा मात्रै १० हजार नेशनल गार्ड तैनाथ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू