अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

सडकमा ‘नमुना संसद्’ बनाएर प्रतिनिधि सभा विघटनको विरोध

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५७ मा प्रकाशित

प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा ‘नमुना संसद्’ मा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । आज काठमाण्डौमा नेपाल टीन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद्’ बनाइ राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टीन लिडर्सका इनिसियटर विशाल केसीले बताउनुभयो ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू