अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

‘व्यक्तिका अहं पूरा गर्न राष्ट्रको अर्बौँ रकम स्वाहा बनाउने ?’–पुर्वप्रधानन्यायधीश कार्की

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५६ मा प्रकाशित

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले व्यक्तिका अहं पूरा गर्न घोषणा भएको निर्वाचनका लागि राष्ट्रको अर्बौँ रकम खर्च गर्न नहुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उहाँले व्यक्तिका अहं पूरा गर्न राष्ट्र र जनताको अर्बौँ रकम स्वाहा बनाउन नहुने धारणा व्यक्त गर्नुभएको हो ।

विनाअर्थको झगडामा अल्झिएर देशलाई नेताहरूले संकटतर्फ धकेलेको बताउँदै पूर्व प्रधानन्यायाधीश कार्कीले प्रश्न गर्नुभयो, ‘व्यक्तिका अहं पूरा गर्नका लागि राष्ट्र र जनताको अर्बौ रकम स्वाहा बनाउने ?’उहाँले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन् । तल्लो तहदेखि सँगै काम गरेकाबीचमा सत्ता र शक्तिले गर्दा काटामारको अवस्था सृजना गराएको छ ।’

सरकार बनाउने विकल्प संसदसँग रहँदासम्म संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको पनि पूर्वप्रधानन्यायाधीश कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू