अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

संसद बिघटन/ प्रतिगमनविरुद्ध काठमाडौंमा नेकपाको मोटरसाइकल र्याली

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५६ मा प्रकाशित

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड र माधवकुमार नेपाल समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । संसद विघटनका विरुद्धमा नेकपाले बुधबार दिउँसो २ बजे मोटरसाइकल र्याली निकालेको हो । भृकुटीमण्डपबाट शुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल, कोटेश्वरबाट तीनकुने पुगेर समापन भएको छ ।

केन्द्रीय संघर्ष समितिको आह्वानमा निकालिएको मोटरसाइकल र्यालीमा पाँच हजार भन्दा बढी मोटरसाइकलका साथ हजारौँ मानिसको उपस्थिति थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेसँगै नेकपाले निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ । अहिले नेकपाले दोस्रो चरणको आन्दोलन गरिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू