अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

बाइडेनको सपथका लागि सजाइयो क्यापिटल भवन

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:२२ मा प्रकाशित

जनवरी २० मा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिने तयारी भईरहँदा वासिङट्नको क्यापिटल भवन सजाइएको छ। भवन वरिपरि अमेरिकी झन्डा फहराइएको छ भने सपथको रिहर्सल पनि गरिएको छ।

बाइडेनसँगै उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले पनि सोही दिन सपथ लिदै हुनुहुन्छ । ह्यारिस अमेरिकाको उपराष्ट्रपति हुने पहिलो महिला हुनुहुन्छ ।

यसैबचि, बाइडेनको सपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुने बताईएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार बिहानै ह्वाइट हाउन छोड्ने तयारी गर्नुभएको बुझिएको छ । यसअघि, गत जनवरी ६ मा ट्रम्पका समर्थकले क्यापिटल भवनमा हिंसा भड्काएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू