अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

नेपालमा बिहीवार कोरोना भाइरस बिरुद्धको खोप ल्याईने

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:२१ मा प्रकाशित

कोरोना भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ। शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिने बताईएको छ ।

खोप आएपछि नेपाललाई हस्तान्तरण भएको एक हप्तामा लगाईसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ।

नेपालमा कोरोनाको पहिलो केस गत बर्ष माघ ९ गते देखिएको थियो। नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू