अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

मध्यावधि निर्वाचन सुरक्षाका लागि १२ अर्ब बढी खर्च हुने

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१८ मा प्रकाशित

नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो । म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालय, नक्सालले अनुमान गरेको छ ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको मन्त्रालयले जनाएको छ ।

सरकारले वैशाखका लागि घोषणा गरेको मध्यावधि निर्वाचन हुने नहुने अन्यौलताका बीच सुरक्षा निकायले निर्वाचनको तयारी गरिरहेको हो । यद्यपि, म्यादी प्रहरी भर्ना जस्ता कामका लागि भने सर्वोच्च अदालतको आदेश कुरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू