अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

अमेरिकाको राजधानीलगायत विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोह अघि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी न्यूयोर्कलगायत विभिन्न सहरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने नियमित गस्तीहरु पनि भइरहेका छन् । सपथ समारोहअघि कुनै अप्रिय घटना हुन नदिन बासिङटन डिसीस्थित संसद भवन बन्द गरिएको छ । यही जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चुनावी परिणामप्रति असन्तुष्ट रहेका राष्ट्रपनि ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गर्दा सुरक्षाकर्मीको जवाफी कारवाहीमा एक सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यसलगत्तै ट्रम्प समर्थकहरुले बाइडेनको सपथ समारोह अघि नै सबै राज्यमा हतियारसहित प्रदर्शन गर्ने चेतावनी दिएसँगै राजधानी डिसीलगायत मुख्य सहरको सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले उल्लेख गरेको छ ।

सुरक्षाको कारण देखाउँदै राष्ट्रपति बाइडेनको सपथ समारोहलाई छोट्याइएको त्यहाँको सरकारले जनाएको छ । हरेक राज्यमा प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन गरेको बताइएको छ । यसैबीच राष्ट्रपति बाइडेनको सपथ समारोहमा सीमित संख्यामा मात्र सर्वसाधारणको उपस्थिति रहने बताइएको छ ।

कोरोना महामारी जारी रहेकाले यसअघिका राष्ट्रपतिको जस्तो भव्य कार्यक्रमको भने आयोजना नगरिने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू