अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

प्रिमियर लिग– आर्सनलद्वारा न्युकासल युनाईटेड पराजित

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१२ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाईटेडलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई तथा बकायो साकाले एक गोल गरे ।

न्यकासल युनाईटेडले भने गोल गर्न सकेन । यो जितपछि आर्सनल १९ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । १८ खेलबाट १९ अंक जोडेको न्युकासल १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगमा १८ खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लेष्टर सिटीको समान ३५ अंक नै रहँदा साविक विजेता लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू