अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

खेलाडीको रोकिएका पुरस्कार र भत्ता उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:११ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ ।अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले विगतका वर्षमा दिदैँ आएको तर हाल रोकिएका खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलाडीहरूसँग योग्यता, क्षमता तथा सीप भए पनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताउनुभयो । खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके उपलब्धि हाँसिल गर्न सकिने उहाँको भनाइ छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई व्यवस्थित गर्न पर्याप्त बजेटको आवश्यकता रहेको बताउनुभयो । मन्त्रालय तथा परिषद्ले आवश्यक बजेट व्यवस्था गरिदिए नेपाली फुटबललाई चार वर्षभित्र व्यावसायिकतातर्फ उन्मुख गराउने उहाँको दाबी छ । खेलाडी तथा सरोकारवालाहरूले खेल क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू