अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चलेपछि १५ को मृत्यु

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१० मा प्रकाशित

भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जना मजदुरको मृत्यू हुनुका साथै ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । उखु बोकेको ट्याक्ट्ररसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएकोछ । दुर्घटनामा घाइते भएकालाई अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू