अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

संसद विघटनविरुद्ध संयुक्त महिला संघको प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:०९ मा प्रकाशित

संयुक्त महिला संघले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ। ‘संसद विघटन गर्न पाइँदैन, प्रतिनिधिसभा सुचारु गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर संयुक्त महिला संघले प्रदर्शन गरेको हो ।एक महिनाअघि प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो ।

सरकारको यो कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड नेपाल खेमासहित अन्य विपक्षी दलहरु आन्दोलनमा छन्। सोही क्रममा आज संयुक्त महिला संघले प्रदर्शन गरेको हो। प्रदर्शनका सहभागीहरुले महिला हिंसा अन्त्य गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू