अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

“प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्थापना गर्ने प्रक्रियाको सुरुवात” – प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ ६ गते ६:४६ मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गर्नुभयो ।

यो राजतन्त्र पुनस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ, उहाँले भन्नुभयो । आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्ता माथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डको भनाइ छ । आफुहरुले विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका पनि उहाँले बताउनुभयो ।

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको पनि प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको प्रचण्डको भनाइ थियो । उहाँले प्रतिनिधि सभाको पुनःस्थापना गरेरै छोड्नु पर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले संसद विघटनको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू