अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

कोरोना भाइरसको संक्रमणका कारण एक सातामा दुई जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ५ गते ८:४० मा प्रकाशित

काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यो साता विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । थप २ जनाको मृत्युसँगै विदेशमा कोरोना भाइरसका कारण विभिन्न २० वटा मुलुकमा मृत्यु हुने नेपालीको सङ्ख्या ३१९ पुगेको हो ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० वटा देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत भएको बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा शनिवार सम्ममा १ हजार ९५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । दैनिक नेपाल

File Photo

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू