अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

सुपर कपको उपाधि बिल्बाओलाई, मेस्सीलाई रातो कार्ड

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:३९ मा प्रकाशित

अतिरिक्त समयमा बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गय राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि जितेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटियो ।बार्सिलोनाका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू