अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:३५ मा प्रकाशित

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

योसँगै आयोगले सरकारले आगामी वैशाख १७ र २७ गते निर्धारण गरेको मध्यावधि निर्वाचनको खर्चबारे छ्लफल तीव्र पारेको छ ।श्रेष्ठले आइतबारदेखि यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल सुरु गरेको बताउनुभयो ।

श्रेष्ठका अनुसार यो निर्वाचनका लागि करिव ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ । तर खर्चबारेको अन्तिम निचोडसहित अर्थ मन्त्रालयमा पत्र पठाउन बाँकी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू