अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

कोरोना नियन्त्रणमा कुनै प्रयास नभएको भन्दै ट्युनिसियामा सरकारविरोधी प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:३५ मा प्रकाशित

सरकारले कोरोना महामारी नियन्त्रणका लागि कुनै प्रयास नभएको भन्दै सरकारविरोधी आन्दोलन सुरु भएको छ । देशमा चरम आर्थिक संकट आएका बेला सरकारले कोरोना महामारी नियन्त्रणका लागि कुनै ठोष कदम नचालेको भन्दै देशव्यापी हड्तालको आयोजना गरीएको छ ।

सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणलाई निन्त्रणमा लिने क्रममा भएको झडपमा कयौं घाइते भएका छन् । यस्तै प्रदर्शनकारीहरुमध्ये केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रर्दशनकारीहरुले रातको समयमा निजी आवास, पसल तथा बैंकहरुमा तोडफोड तथा लुटपाटको प्रयास गरेको सरकारको दावी छ । आन्तरिक सुरक्षा बलका प्रवक्ता वालिद हकिमाले गैरकानुनी रुपमा प्रदर्शनमा उत्रिएका २ सय ५० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

एक दशकयता ट्युनिसियामा प्रजातन्त्र पुर्नस्थापना भएसँगै सरकारले न्यूनतम आवश्यकता पनि पूरा गर्न चासो नदेखाएको भन्दै सर्वसाधारणको आक्रोश झन बढ्दै गएको छ । हरेक वर्ष देशको कुल ग्राहस्त उत्पादन (जीडिपी) कमजोर हुँदै गएको बताइएको छ । ट्युनिसियाको मुख्य आम्दानी पर्यटन क्षेत्र भएपनि कोरोना महामारी सुरु भएसँगै आर्थिक मन्दी थप बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू