अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

रविभवनको सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा, दुई दिनको सुत्केरीको उद्धार

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:३२ मा प्रकाशित

राजधानीको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो करिब दुई घन्टामा नियन्त्रणमा आएको छ। सोल्टी सिटी अपार्टमेन्टको १३ औँ तलामा रहेको ब्लक एमा आगलागी भएको हो। अपार्टमेन्टको ‘डक’मा बिजुली सर्ट हुँदा आगलागी भएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

आगलागी हुनेबित्तिकै उपत्यकाका विभिन्न स्थानबाट गएका दमकलहरुले आगलागी नियन्त्रणमा लिएका हुन्। अपार्टमेन्टमा हेलिकप्टरले समेत आगलागी नियन्त्रणका लागि स्प्रे गरेको थियो। छैँटौ तलामा शनिबारमात्र सुत्केरी भएकी महिलालाई उद्धारका लागि केही समय लागेको थियो। करिब आधा घन्टामा उनलाई उद्धार गरी तत्कालै अस्पताल पुर्याईएको थियो ।

करिब दिउँसो १ बजेर २० मिनेटमा आगो लागेको थियो। आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु बाक्लो संख्यामा उपस्थित थिए। आगलागीमा कुनै पनि मानवीय दुर्घटना हुन नपाएको तर संरचना र अपार्टमेन्टभित्रका सामानहरुमा क्षति पुगेको सुरक्षाकर्मीहरुले जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू