अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२६ मा प्रकाशित

अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।

अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू