अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले गोलरहित बराबरी

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२७ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।

१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा झरेको छ ।

म्यान्चेस्टर सिटीले गएराति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो । खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लीङले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा सर्जी औरिएर, ह्यारी केन र दोम्बेलेको एक एक गोल सामेल थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू