अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशीलको पहिलो चरणको प्रदर्शन सकियो

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२३ मा प्रकाशित

संसद् विघटनविरुद्धमा विवेकशील पार्टीले प्रदर्शन गरेको एक महिना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको उक्त कदमलाई संविधानमाथिको प्रहार र लोकतन्त्र मास्ने कदमभन्दै पुस ६ गतेदेखि प्रदर्शन गर्दै आएको छ ।

उक्त पार्टीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध विभिन्न सिर्जनात्मक स्वरूपमा माइतीघर मण्डलमा लगातार प्रदर्शन गर्दै आएको थियो । प्रदर्शन सुरु गरेको एक महिना पुगेकोमा महिनाभरि गरेका उल्लेखनीय गतिविधिहरूलाई पुनः दोहोर्याउँदै विरोधको पहिलो चरणको कार्यक्रमको समापन गरेको विवेकशील पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू