अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

ओलीले अधिकारको दुरुपयोग गरे – नेकपा अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभयो ।

अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको नेपालको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि पाँच वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने गरी अघि बढ्ने पनि बताउनुभएको छ ।। देशको प्रगतिका लागि आन्दोलनका विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न कसैले खोस्न नसक्ने दाबी समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू