अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

नेपालमा थप ३२२ संक्रमित, ३७४ संक्रमणमुक्त, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३०६ पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू