अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

ओलीले नव फाँसिवादको अभ्यास गरिरहेको डा. बाबुराम भट्टराईको आक्षेप

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:१९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाउनुभएको छ । काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आक्षेप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालतसमेत परीक्षाको घडीमा रहेको नेता भट्टराईको भनाइ थियो ।कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान बचाउने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेसलाई आह्वान गर्नुभयो ।

आन्दोलन वा निर्वाचन भन्नेमा कांग्रेस नअलमलियोस् भन्दै उहाँले निर्वाचन नभई संसद पुनःस्थापना भए पनि कांग्रेसले नै नेतृत्वको अवसर पाउने बताउनुभयो ।संसद विघटन संविधानमाथिकै प्रहार भएको भन्दै उहाँले संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्यो भन्नुभयो । एक महिनाअघि पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मुलुक राजनीतिक रुपमा विभाजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू