अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाईयो

बिआरटीनेपाल २०७७ माघ ५ गते ५:५५ मा प्रकाशित

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ । माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको ढकालले जानकारी दिनुभयो । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र पत्र बुझ्न के गर्ने भनेर सोधेपछि भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्केको ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू