अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

पत्रकार महासंघको केन्द्रीय साधारणसभा फागुनको ४ र ५ मा हुने

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:५१ मा प्रकाशित

नेपाल पत्रकार महासंघको कन्द्रीय साधारणसभा फागुनको ४ र ५ गते हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । साधारणसभा सकिएको एक महिनापछि अधिवेशन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने निर्णय गरिएको बैठकपछि अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेका लागि तोकिएको छ । आज बसेको जिल्ला शाखाको बैठकले यो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू