अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:१८ मा प्रकाशित

साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनमाथि २–० को जित निकाल्न लेष्टरका जेम्स म्याडिसन र हार्भे बार्न्सले एक–एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले फुल्हमलाई १–० ले हरायो । १० जनामा सिमित फुल्हमविरुद्ध चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे । गएराति वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १–० ले हराउँदा वेष्ट ब्रोमले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले पराजित गर्‍यो । ब्राइटनले लिड्स युनाईटेडमाथि १–० को जित निकाल्यो ।

इंग्लीश प्रिमियर लिगमा गएरातिका खेलपछि १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको लेष्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा उक्लिंदा तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू