अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:१५ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार क्यानले आयोजना गरेको पीएम कप पुरुष क्रिकेटको प्रत्यक्ष प्रशारण डिसमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

किर्तिपुर तथा मुलपानी क्रिकेट मैदानमा माघ २ बाट सुरु भएको पीएम कप क्रिकेटमा तीन विभागीय टोली र ७ प्रादेशिक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । माघ १७ गते सम्म चल्ने प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू