अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

विश्वभर ६ करोड ७७ लाख संक्रमणमुक्त, २० लाख २९ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ४ गते ४:५७ मा प्रकाशित

विश्वभरमा ६ करोड ७७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार सम्ममा ६ करोड ७७ लाख ५३ हजार ८८३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ४९ लाख १४ हजार २०६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख २९ हजार ५४४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५१ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४३ लाख ४२ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ५ हजार २३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख ९६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६७ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९५४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू