अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

बिआरटीनेपाल २०७७ माघ ४ गते ४:४५ मा प्रकाशित

निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ । छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ ।आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकमा मतदान केन्द्रबारे पनि छलफल भएको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् । छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको तर अहिले चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताउनुभयो ।

प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र संसद् पुनर्स्थापना या चुनावबारे अहिले नै निर्क्याेल नभइ सकेकाले चुनावको तयारी गर्नु उचित नहुने कुरा आफूहरूले राखेको नेता पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगको कर्मचारीलाई सरकारले सरुवा गरेको विषयमा पनि आफूहरूले कुरा उठाएको उहाँले बताउनुभयो । चुनाव नहुने र अहिलेकै अवस्थामा निर्वाचन आयोगले निष्पक्ष चुनाव गराउन पनि नसक्नेबारे आफूहरूले ध्यानाकर्षण गराएको नेता पाण्डेकाे भनाइ छ ।

आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू