अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

नेपालमा थप २६६ कोरोना संक्रमित, ४०० संक्रमणमुक्त, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ४ गते ४:२७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेका छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू