अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

अमेरिकामा नयाँ भाइरसको चिन्ता, मार्चसम्म ठूलो समूहमा फैलिने चेतावनी

बिआरटीनेपाल २०७७ माघ ४ गते ४:२४ मा प्रकाशित

अमेरिकामा नयाँ प्रकृतिको कोरोना भाइरसको प्रकोप मार्च महिनासम्म सबैभन्दा धेरै समूहमा देखा पर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी केही दिनमा यो भाइरसको संक्रमण तीब्र रूपमा फैलन सक्ने चेतावनी दिएको छ ।

चिसो मौसममा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थामा नयाँ प्रकारको कोरोना भाइरस तीब्र रूपमा फैलिए गम्भीर असर पर्न सक्ने भन्दै सीडीसीले चिन्ता व्यक्त गरेको छ । यद्यपि, अमेरिकी स्वास्थ्य विशेषज्ञहरूले कोरोनाको नयाँ प्रकृतिको भाइरस पहिलाको तुलनामा निकै संक्रामक भए पनि घातक पुष्टि नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू