अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

‘आमन्त्रण गल्फ प्रतियोगिता’ पोखरामा हुने

बिआरटीनेपाल २०७७ माघ २ गते ८:२४ मा प्रकाशित

चौथो संस्करणको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ यस वर्ष पोखरामा हुने भएको छ ।एनसेलसँगको सहकार्यमा बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुनेछ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यस वर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले बताउनुभयो ।

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू