अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चियो

बिआरटीनेपाल २०७७ माघ २ गते ८:२४ मा प्रकाशित

गत नोभेम्बर महिनामा बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चिएको छ । आज त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।

बेलायती तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा ० दशमलब ६ प्रतिशतले कमी आएको छ । प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रअरीको तुलनामा ८ दशमलब ५ प्रतिशतले घटेको छ ।

कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २ दशमलब ६ प्रतिशतले घटेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू