अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

‘लोकतन्त्रको बिरुवा नमास्न’ सरकारलाई विवेकशीलको खबरदारी

बिआरटीनेपाल २०७७ माघ २ गते ८:२३ मा प्रकाशित

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ता माइतीघर मण्डलमा भेला भएर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम असंवैधानिक रहेको जनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका छन् ।

र्यालीका सहभागीले हातमा बिरुवासहितको गमला बोकेका थिए । सरकारलाई लोकतन्त्रको बिरुवा मास्न नहुने सन्देश दिने उद्देश्यले गमला बोकेर प्रदर्शन गरेको सहभागीले जनाएका छन् । उनीहरूले प्रतिगमन र अधिनायकवादसँगै लुटतन्त्र अन्त्य हुनुपर्ने मागसमेत गरेका छन् । अहिलेको अवस्थामा सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू