अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

वर्तमान सरकारले पुरानै व्यवस्था ल्याउन खोज्यो – नेकपा क्रान्तिकारी महासचिव वैद्य

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१८ मा प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताउनुभएको छ । मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको किचलोका कारण संसद् माथि प्रहार गरेको वर्तमान सरकारबाट थप खतरा रहेको बताउँदै बैद्यले पुरानै व्यवस्था ल्याउन खोजिएको बताउनुभयो ।

पार्टीको कामको शिलशिलामा पूर्व पुग्नुभएका बैद्यले पुरानै व्यवस्था ल्याउन खोजिए थप संघर्ष गर्नुपर्ने ठहर गर्नुभयो । अहिलको संसदीय व्यवस्था असफल भएकाले जनगणतन्त्रको मुद्दा स्थापित गर्नु पर्ने उहाँको भनाइ थियो ।

पूर्व सहकर्मी रामबहादुर थापा बादल र मणि थापालगायत पूर्व माओवादीमा रहेका नेताले ओली समूह रोजेका विषयमा तपाईंको बिचार के छ भनी पत्रकारले सोधेकोे प्रश्नमा उहाँले बादल र थापाको विषयमा धेरै टिप्पणी गर्नु उचित नभएको भन्दै मन्त्री पद पाएका कारण ओली समूहमा लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू