अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

संसद विघटनको विरोधमा नेबिसंघको प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१३ मा प्रकाशित

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विहीवार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघ शंकरदेव क्याम्पसका विद्यार्थीहरुले काठमडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै विरोध गरिएको प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू