अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

संसद विघटनविरुद्ध डोरी तानेर युवाहरुले गरे प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१२ मा प्रकाशित

माइतीघर मण्डलामा संसद विघटनविरुद्ध डोरी तानेर युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले निधारमा कालो रिबन बाँधेर प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष(विपक्षमा डोरी लगाएर नारा जुलुस गरिरहेका छन्।

डोरी तान्दै प्रदर्शन गर्ने मध्ये कोही ओलीको पक्षमा नारा लगएका थिए भने केहीले प्रचण्डको पक्षमा नारा लगाएका थिए । केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, अरु केही जान्दैनौ, संसद विघटन मान्दैनौ, कम्युनिष्टको पाराले, दुःख पाए साराले लगायतका नारा लगाउँदै उनीहरु अभिनयमार्फत संसदको विघटनविरुद्ध नाराबाजी सहित प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू