अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

‘प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध अभूतपूर्व एकता’, ओलीलाई स्पष्टिकरण, बिष्णु पौडेललाई कारवाही

बिआरटीनेपाल २०७७ माघ २ गते ७:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध अभूतपूर्व एकता देखिएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले संविधानको पक्षमा देखिएको एकताको उपयोग गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश कमिटीका इन्चार्जहरुले संगठनात्मक रुपमा सानो पंक्ति मात्रै ओली समूहमा गएको ब्रिफिङ गरेका थिए । केहि जिल्ला बाहेक ७०÷८० प्रतिशत पार्टीका पदाधिकारीहरु, प्रदेश र जिल्लाका कमिटीका पदाधिकारीहरु आफूहरुसँग रहेकोले पार्टीलाई पूर्ववत् रुपमा ल्याउन सकिने निष्कर्ष निकालिएको नेता रावलले बताउनुभयो । बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भएको र कतिपय स्थायी कमिटी सदस्यले लिखित रुपमै प्रस्ताव ल्याएको उहाँले बताउनुभयो ।

यसैगरी आजको बैठकले प्रधानमन्त्री ओलीलाई ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिनुभयो ।ओलीले पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर छ । प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै दाहाल–नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताउनुभयो । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उहाँको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ । त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू