अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

संसद् बिघटन विरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन काँग्रेसको अपिल

बिआरटीनेपाल २०७७ माघ २ गते ७:३५ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । काँग्रेसले भोलि देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको हो । काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

भोलि भने ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ । आज काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी निकालेर पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभएको छ । संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू