अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

तोकिएकै समयमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको दावी, तयारीमा जुट्न निर्देशन

बिआरटीनेपाल २०७७ माघ १ गते ६:५९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (ओली समूह)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गर्नुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री ओलीले चुनावको तयारीमा जुट्न आफू निकटका नेताहरुलाई निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकै बेला उहाँले चुनाव हुने दाबी गर्नुभएको हो । सरकारले प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीले तोकिएको मितिमा भन्दा एकदिन पनि निर्वाचनमा ढिलाई नहुने बताउनुभएको एक नेताले जानकारी दिए । यस्तै बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे पनि व्रिफ्रिङ गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दाबी समेत गर्नुभयो । अध्यक्ष र महासचिव आफूतिरै रहेकाले विधान अनुसार पनि आधिकारिक आफैं भएको ओलीको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू