अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

ऊर्जा क्षेत्रको लागि ‘एमसीसी’ पर्खेर बस्न नहुने – मन्त्री रायमाझी

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:२० मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताउनुभएको छ ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताउनुभयो ।

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उहाँको भनाई छ ।ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पार्नुभयो ।

विद्युतको अपर्याप्तताका कारण विद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उहाँको भनाई छ । मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भोलि देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्र्तविरोध न्युनिकरण गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू