अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

आतंकवादीको सुचीमा राखेको भन्दै क्युबाका राष्ट्रपतिद्धारा अमेरिकाको निन्दा

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:११ मा प्रकाशित

क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो मुलुकलाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकोमा अमेरिकाको निन्दा गर्नुभएको छ । राष्ट्रपति मिगेलले आज ट्वीट गर्दै क्युबाले जहिल्यै आतंकवादको विरोध गरिआएको र क्युबा अनावश्यक रुपमा दण्डित भएको बताउनुभयो । उहाँले क्युबा कहिल्यै पनि आतंकवादलाई प्रश्रय दिने मुलुक नरहेको पनि प्रष्ट्याउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि शत्रुतापूर्व व्यवहार गरिएको बताउँदै राष्ट्रपति मिगेलले आगामी बाइडेन प्रशासनमा दुबै मुलुकबीचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले क्युबालाई आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेको घोषणा गरे लगत्तै क्युबाली राष्ट्रपति मिगेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

क्युबालाई सन् १९८२ मा अमेरिकाले आतंकवादलाई प्रोत्साहन गर्ने मुलुकको सूचीमा राखेको थियो । तर सन् २०१५ मा बाराक ओबामा प्रशासनले प्रतिबन्ध फुकुवा गरेको थियो । तर, राष्ट्रपति ट्रम्पले क्युबाबाट अमेरिकालाई खतरा अझै रहेको भन्दै कडा आर्थिक प्रतिबन्धहरु घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू