अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

७ दशकपछि अमेरिकामा मृत्युदण्ड दिईयो

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१० मा प्रकाशित

झण्डै ७० वर्षपछि अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्डको सजाय दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई अमेरिकी संघीय कानुन बमोजिम घातक सूई लगाएर मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।

मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्नका लागि २३ वर्षीया बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी आदेश जारी गरेको केही घण्टापछि नै उनलाई मृत्युदण्ड दिइएको हो ।

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू