अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

इंग्लिस प्रिमियर लिग – म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:३९ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड जारी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पछि पारेको हो । अवे मैदानमा भएको खेलमा ७१ औं मिनेटमा पउल पोग्बाले गोल गरेर म्यान्चेस्टरलाई जित दिलाएका हुन् ।

जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ । गएराति नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया