अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

जापानमा आपतकाल घोषणा गर्ने तयारी

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:३८ मा प्रकाशित

कोरोना महामारी बढ्दै गएपछि जापानका अन्य सहरहरुमा पनि आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा पनि विस्तार गर्ने तयारी भएको त्यहाँको सरकारले जनाएको छ ।

प्रधानमन्त्री सुगाले टोकियोलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आपतकालीन अवस्था लम्ब्याउन लागेको बताउनुभएको हो । आपतकालीन अवस्थाको घोषणासँगै प्रभावित क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरिएको छ भने पसल तथा रेष्टुराँहरु खोल्नका लागि निश्चित समय तोकिएको छ ।

जनवरी सुरु भएपछि जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले विभिन्न सहरमा आपतकालीन अवस्थाको घोषणा गर्न थालेको हो । जापानमा यसअघि गत अप्रिलमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू