अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस मनाइयो

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:१८ मा प्रकाशित

हिजो पौष २७ गते तदनुसार जनवरी ११, २०२१ मा अमेरिकाको सान फ्रान्सिस्कोमा २९९ औँ पृथ्वी जयन्ती सम्पन्न भएको छ। भर्चुअल जूम मिटिङ मार्फत भएको सो समारोहमा विभिन्न वक्ताहरूले राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाल र नेपालीको अस्तित्वमा उहाँको अमूल्य योगदानको चर्चा गर्दै उहाँलाई केवल एक राजाको रूपमा नहेरी एक प्रखर चिन्तक तथा देशभक्त तथा दूरदर्शी राजनेताको रूपमा हेरिन पर्ने बताएका छन्। “वीर पुर्खाहरूको सम्मान गरौँ” भन्ने नाराका साथ सम्पन्न हुँदै आएको सो कार्यक्रमका आयोजना मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महा सङ्घ, नेपाल विश्व सहयोग सङ्घ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना गरेका हुन। त्यसै गरी काफल रेस्टुराँ, शान्ता रोजा, एभरेस्ट कुजिन माउन्टेन भियु तथा एभरेस्ट कुजिन सान होजेले सो कार्यक्रमलाई सह प्रायोजकको रूपमा योगदान पुर्‍याएका थिए।

सामाजिक अभियन्ता चन्द्र धितालले सञ्चालन गरेको सो कार्यक्रमको सभापतित्व आयोजक संस्थाहरू मध्य बाट नेपाल विश्व सहयोग सङ्घ एन ए जी सी का संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष मणि नेपाली पनेरुको सभापतित्वमा सम्पन्न भएको थियो। पश्चिम अमेरिका नेपाली महासङ्घ का वर्तमान अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका निवर्तमान अध्यक्ष सम्मानित समाजसेवी उत्तम कार्की सो समारोहको प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपाल सरकारबाट क्यालिफोर्नियाका लागि महा वाणिज्य दूत ऋषि ढकाल तथा वरिष्ठ समाजसेवी विष्णु सुवेदीको विशिष्ट अतिथिको रूपमा उपस्थिति रहेको थियो।

सो कार्यक्रममा आयोजक संस्था तथा उत्तर क्यालिफोर्नियाका विभिन्न सङ्घ संस्था एन ए एन सी, नेपाली जनसम्पर्क समिति अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टर, एन आर एन क्यालिफोर्निया च्याप्टर आई एन एल एस्, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण लगायतको बाक्लो प्रतिनिधित्व थियो भने बुद्धिजीवी, पत्रकार तथा व्यापारीहरूको समेत महत्त्वपूर्ण सहभागिता रहेको थियो।

सो समरोहलाई प्रमुख अतिथिको आसनबाट वाना अध्यक्ष उत्तम कुमार कार्की, विशिष्ट अतिथि महावाणिज्य दूत ऋषि ढकाल, जन सम्पर्क समिति अमेरिका का पूर्व केन्द्रीय संयोजक तथा वरिष्ठ समाजसेवी विष्णु सुवेदी, जनसम्पर्क कै केन्द्रीय सदस्य चन्द्र धिताल,जन सम्पर्क उत्तर क्यालिफोर्निया च्याप्टर का कार्यवाहक सभापति नारायण खनाल, शिक्षाविद् सुरेश भात्ट, एन ए एन सी का अध्यक्ष ईश्वर सिटौला, एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, आओजक संस्था मदरल्यान्ड नेपालका अनिल पाण्डे, सान लियान्द्रो मनकामनाका अध्यक्ष प्रमोद जोशी एन आर एन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानिया, प्राइमेरिकाका सिनियर भिपी ध्रुव राज गिरी, पत्रकार ईश्वरी न्यौपाने, समाजसेवी प्रेम गुरागाईँ, नारायण पोखरेल चिरञ्जीवी ढकालले राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रति हार्दिक श्राद्दान्जली अर्पण गर्दै उहाँको बहु आयामिक व्यक्तित्वको चर्चा गर्नु भएको थियो।

त्यसै गरी महिला नेतृहरू एन आर एन एन सी सी अमेरिका कि महिला संयोजक दीक्षा बस्नेत, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण कि पूर्व अध्यक्ष, एन आर एन केन्द्रीय महिला समितिकी को चियर हेमा पनेरु, अनेसास क्यालिफोर्निया च्याप्टरकी उपाध्यक्ष तथा कवयत्री गीता बजगाईँले रोचक तरिकाले पृथ्वी जयन्तीको औचित्य बारे प्रकाश पार्नु भएको थियो। सो अवसरमा युवाहरूको प्रतिनिधित्व गर्दै युवा समाजसेवी युवराज कार्की, योग विज्ञ सुरेश भट्ट, समाजसेवी युवा केपी ढकाल, भुवन, बद्री डाँगीले आ आफ्ना प्रखर मन्तव्य राख्नु भएको थियो। भर्चुअल जूममिटिङ मार्फत सम्पन्न सो कार्यक्रममा अभिषेक पनेरुले प्राविधिक सहयोग पुर्‍याउनु भएको थियो।

सो कार्यक्रमको थालनी केही वर्ष अघि काफल रेस्टुराँ का सञ्चालक युवराज कार्कीले गर्नु भएको र पछि आयोजक संस्थाहरूले संयुक्त रूपमा गर्न थालेका हुन। सभापतिको आसनबाट एन ए जी सी का अध्यक्ष मणि नेपाली पनेरुले आफ्नो सम्बोधन पस्चात सो समारोहको समापन गर्नु भएको थियो। कार्यक्रमलाई समय सान्दर्भिक, शिक्षाप्रद र सन्देश मूलक भएको पर्यवेक्षकहरूले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू