अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

“ओलीले आफु हार्ने चुनाव गर्दैनन्” – डा. भट्टराई

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:१९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हार्ने चुनाव नगर्ने बताउनुभएको छ । नेता भट्टराईले ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने दाबी गर्नुभयो । डा. भट्टराईले ओलीको हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्नेमा जोड दिनुभयो ।

संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाउनुभयो । नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने संकेत गर्दै सरकारले बेइमानी गरेको र प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने संविधानमा उल्लेख भएपनि ओलीले त्यसलाई मान्न तयार नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओली प्रवृतिलाई पकेट मार प्रवृत्तिको संज्ञा दिंदै भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी समेत दिनुभयो । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उहाँले आब्हान समेत गर्नुुृभयो । कार्यक्रम अघि पोखराको मानवअधिकार चोकबाट निस्केको विरोध र्याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू